बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

बुधबार, ०१ असोज २०७६, ०६ : ५१
बुधबार, ०१ असोज २०७६

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ ।

कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो ।

मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो । तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप