शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले आमासँग बसेर यसरी मनाए जन्मदिन

बुधबार, ०१ असोज २०७६, ०० : १५
बुधबार, ०१ असोज २०७६

गान्धीनगर-प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुगेका छन् ।  

आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिएका थिए । उनले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् ।

भारतीय जनता पार्टीले निर्वाचनमा पाएको अपार सफलतापछि दोस्रोपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले यसै बर्ष उनले आफ्नी आमालाई दर्शन गरी आशिर्वाद लिएका थिए । उक्त दिन उनी गुजरात नै बसेका थिए ।

जन्मदिनका अवसरमा मोदी घर जाने जानकारीपछि उनको सुरक्षाका लागि गान्धीनगरमा विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप