बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पोखरेल नियुक्त

मङ्गलबार, ३१ भदौ २०७६, २२ : ५५
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं- स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन्  । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।

निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी लामो सयमदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप