बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्धिखर्कमा करेन्ट लागेर एक युवकको मृत्यु

मङ्गलबार, ३१ भदौ २०७६, १९ : २८
मङ्गलबार, ३१ भदौ २०७६

बुटवल– अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो ।

सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको तार बनाउने क्रममा बेलुका सवा ५ बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप