मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनसेल कर छली प्रकरणविरुद्द महाअभियोग प्रस्ताव दर्ता गर्ने कमल थापाको चेतावनी

मङ्गलबार, ३१ भदौ २०७६, १८ : ३१
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा पनि गरे ।

मुलुकको राजनीतिक व्यवस्था र अवस्थामाथिनै चुनौति दिने यस्ता खालका गतिविधिलाई परास्त गर्न आफ्नो पार्टी सशक्त भएर लागिपर्ने अध्यक्ष थापाको प्रतिवद्धता छ । मंगलबार काठमाडौंमा आयोजित ‘एनसेल कर छली प्रकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेल कर छली प्रकरणमा आफू र आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको पनि पटक–पटक दोेहोर्याए ।

अध्यक्ष थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने सबै निकायमा आफ्नो मान्छे सेटिङ गरेर भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेको आरोप पनि लगाउनु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप