मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

असोज १० गतेबाट दसैँका लागि नयाँ नोट

मङ्गलबार, ३१ भदौ २०७६, १७ : १६
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौँ– दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिए ।

उनका अनुसार यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप