शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातीमा प्रम ओलीको शुभकामना, नेपालीमा मोदीको जवाफ

मङ्गलबार, ३१ भदौ २०७६, १६ : २२
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६९ औँ जन्मदिनमा मंगलबार गुजरातीसहित अंग्रेजी र हिन्दी गरी तीनवटा भाषमा जन्मदिनको शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै फर्काएका छन् ।

शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका थिए ।

त्यसको जवाफमा मोदीले लेखेका छन्, ‘ मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप