बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण

मङ्गलबार, ३१ भदौ २०७६, १५ : ४३
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसँग भएको सम्झौता लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैया घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गरे ।

सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुख लगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गलौच गर्दै हिँड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप