शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सङ्घीयता सफल हुन सहकार्य आवश्यक’

मङ्गलबार, ३१ भदौ २०७६, १५ : २१
मङ्गलबार, ३१ भदौ २०७६

हेटौंडा– प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बताएका छन् । स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।


प्रदेशका विभिन्न ७ जिल्लाका ५७ कानूनी सहजकर्ता, स्थानीय तहका ५७ उपप्रमुख र सात जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालीम कार्यक्रममा मन्त्री जम्मट्टेलले अधिकांश स्थानीय तहले प्रदेश सरकारले पठाएको इमेलको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गरे । उनले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने बताए ।

प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।   उनले सहजकर्ता गाउँपालिकालाई कार्यसम्पादनमा सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारका तर्फबाट पठाइएकोले उनीहरुको सदुपयोग गरेर फाइदा लिन स्थानीय तहलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यन्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिले गरेका निर्णयका कारण समाजममा  सौहाद्रता  छाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप