मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इरान र साउदी अरब कसरी एक अर्काको कट्टर शत्रु भए ?

मङ्गलबार, ३१ भदौ २०७६, १५ : ०५
मङ्गलबार, ३१ भदौ २०७६

बीबीसी/जोनाथन मार्कस

साउदी अरब र इरानबीच लामो समयदेखि विवाद चलिरहेको छ । यी दुई प्रतिस्पर्धी देशबीच हालैका दिनमा तनाव थप बढेको छ । 

दुई क्षेत्रीय शक्ति इरान र साउदी अरबबीचको संघर्ष मुख्यतः क्षेत्रीय प्रभुत्वलाई लिएरनै जारी भएको धेरेको विश्लेषण छ ।  

दशकौं पुरानो यो संघर्षको केन्द्रमा धर्म पनि छ । इरान र साउदी अरब दुवै इस्लामिक देश हुन् तर ती मुसलमानभित्रका दुई फरक पन्थ सुन्नी र शियालाई प्रतिनिधित्व गर्छन् । 

इरान शिया मुस्लिम बहुल राष्ट्र हो भने साउदी अरब सुन्नी बहुल राष्ट्र हो । 

लगभग सम्पूर्ण मध्य–पूर्वमा यो धार्मिक विभाजन देख्न सकिन्छ । यहाँका देशमा केही शिया बुहल छन् भने केही सुन्नी बहुल छन् ।

मध्यपूर्वका राष्ट्रहरु यही धार्मिक विभाजनलाई आत्मसाथ गरेर समर्थन र सल्लाहका लागि इरान र साउदी अरबमा विभाजित छन् ।  

स्थापनाकालदेखि नै साउदी अरब राजतन्त्रात्मक मुलुक रहँदै आएको छ । मुस्लिमभित्रको सुन्नी प्रभुत्व भएको साउदी अरबमा इस्लामको जन्मस्थल भएको मक्का र मदिना पर्छन् । 

इस्लामिक विश्वका महत्वपूर्ण स्थल आफ्नो देशमा रहेकाले पनि हुन सक्छ साउदी अरब आफूलाई मुसलमान विश्वको नेता मान्छ ।  

तर सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएपछि साउदी अरबले चुनौती पायो । क्रान्तिपछि इरानमा एक नयाँ खालको राज्य निर्माण भयो । त्यो क्रान्तिकारी धार्मिक शासनप्रणाली थियो । 

ऊ यो मोडललाई संसारभरी फैलाउनको लागि कटिवद्ध देखियो । त्यो कुराबाट रुढीवादी साउदी अरब पहिलेबाट प्रतिरक्षात्मक भएको थियो । त्यसमाथि पछिल्लो १५ वर्ष भित्रदेखि जारी घटनाक्रमले साउदी अरब र इरानबीचको मतभेदमा थप तीव्रता ल्याइदिएको छ । 

सन् २००३ मा अमेरिकाले इराकका शासक सद्दाम हुसेनलाई सत्ताच्यूत गर्न युद्ध घोषणा ग¥यो । हुसने इरानका कट्टर विरोधी थिए । सद्दाम हुसने अपदस्थ भएपछि इराकमा बनेको शिया बहुल सरकार स्वभावैले इरान नजिक हुन गयो । 

अमेरिकाले एक हिसाबले इराकको सत्ताबाट इरानको शत्रुलाई हटाएर इरानको प्रभाव फैलाउने बाटो खोलिदिएको थियो ।  

मध्य–पूर्व इराक युद्धबाट उठ्न नपाउदैं सन् २०११ मा कयैन अरब देशमा ठूलो प्रतिरोध सुरु भयो । त्यसले यो सम्पूर्ण क्षेत्रमा राजनीतिक अस्थिरता उत्पन्न भयो । 

इरान र साउदी अरबले भने यो उथल–पुथललाई आफ्नो प्रभाव फैलाउने अवसरको रुपमा लिए । तिनले सिरिया, बहराइन र यमनमा आफ्नो प्रभावको विस्तार गर्न सुरु गरे । यसले ती दुईबीच प्रतिस्पर्धा र आपसी शंका उपशंका थप वृद्धि ग¥यो । 

इरान यो सम्पूर्ण क्षेत्रभरी आफ्नो प्रभुत्व कायम गरेर भूमध्य सागरसम्म आफ्नो नियन्त्रणमा राख्न चाहन्छ भन्ने तिनको आलोचकको आरोप छ ।

बिग्रिदो परिस्थिति 
राजनीतिक प्रतिद्वन्द्विता बढेको यो समयमा कयैन मोर्चामा इरानले यो क्षेत्रीय संघर्षलाई जितिरहेको देखिन्छ । 

सिरियाका राष्ट्रपति बसर अल–असदलाई (इरानी र रुसी) समर्थन प्राप्त छ । यी दुई शक्तिको सैन्य बलमा सिरियाको सेनाले साउदी अरब समर्थित विद्रोही शक्तिलाई परास्त गर्न सफल भइरहेको छ ।  

साउदी अरब इरानको प्रभूत्व रोक्नको लागि व्यग्र छ र साउदी अरबका वर्तमान शासक युवराज मोहम्मद बिन सलमानमा कायम सैन्य अहंकारले यो क्षेत्रलाई थप तनावको स्थितितर्फ अघि बढाइरहेको छ । 

उनले छिमेकी यमनमा विद्रोही हुथी आन्दोलनविरुद्ध चार वर्षदेखि युद्ध सुरु गरिरहेका छन् । त्यसको उदेश्य पनि शिया हुथीहरुमा इरानको प्रभाव छ भन्ने डर नै हो । सलमान इरानको प्रभाव थप विस्तार नहोस् भन्ने चाहन्छन् । 

तर युद्ध चार वर्षसम्म लम्बिदा पनि हुथीहरु हार्ने अवस्थामा देखिदैनन् । साउदी अरबको लागि यो युद्ध निक्कै महङ्गो सावित भइरहेको छ । 

इरानमाथि हुथीलाई अत्याधुनिक हतियार दिएको आरोप छ । त्यस आरोपलाई उसले खण्डन गर्ने गरेको छ । 

तथापि संयुक्त राष्ट्र संघको एउटा रिपोर्टले नै हुथीहरुको हतियार र प्रविधि दुवैमा तेहरानको सहयोग रहेको उल्लेख गरेको छ ।  

त्यस्तै इरानको सहयोगी देश लेबनानमा शिया सैन्य समूह हेजबुल्लाह राजनीतिक रुपमा शक्तिशाली समूहमा गनिन्छ । हेजबुल्लाह आफैले लेबनानमा समानान्तर शक्तिशाली सैनिक राखेको छ । 

क्षेत्रीय संघर्षकै कारण सन् २०१७मा साउदी अरबले लेबनानका प्रधानमन्त्री साद हरीरीलाई राजिनामा दिन बाध्य ग¥यो । साउदी अरबको दुई हप्ते लामो भ्रमणमा गएका लेबनानका प्रधानमन्त्रीले उतैबाट राजिनामा दिए । 

साउदी टीभीमा बोल्दै दिइएको राजिनामामा उनले ईरानमाथि लेबनानमेत कयैन देशमा ‘डर र आतंक’ फैलाएको आरोप लगाएका थिए । त्यस क्रममा उनले इरान समर्थित हेजबुल्लाहमाथि पनि प्रहार गरेका थिए । 

तथापि लेबनानको संसदले प्रधानमन्त्री स्वयम संसदमा उपस्थित भएर दिएको राजिनामा मात्र स्वीकार्ने बतायो । उनी लेबनान फर्किएपछि उनको राजिनामा स्वीकार नगरिएको कारण उनी प्रधानमन्त्रीमा कायम रहे । 

मध्यपूर्वको विवादमा बाह्य शक्ति पनि संलग्न छन् । साउदी अरबलाई अमेरिकी राष्ट्रपति प्रशासनको समर्थन प्राप्त छ । उता इजरायल पनि इरानलाई ठूलो खतरा मान्छ । त्यही भएर उ इरानलाई रोक्नको लागि फरक हिसाबले साउदी अरबलाई सहयोग गरिरहेको छ ।  

इजरायल र साउदी अरब सन् २०१५ मा हस्ताक्षर भएको इरान परमाणु कार्यक्रमका सबैभन्दा प्रखर आलोचक थिए ।  

मध्यपूर्वमा कुन देश को तर्फ ?

मोटामोटी हिसाबमा मध्य–पूर्वको वर्तमान रणनीतिक नक्सा शिया–सुन्नीबीच विभाजित छ । 

सुन्नी बहुल साउदी अरबको समर्थक राष्ट्रहरुमा यूएई, बहराइन, इजिप्ट र जोर्डन पर्छन् । 

उता इरानलाई सिरियाका राष्ट्रपति बशर अल–असद र शिया मिलिसिया हेजबुल्लाहको समर्थन छ । 

इराकको शिया बुहल सरकार पनि इरानसँग नजिक छ । तथापि, विरोधाभास के छ भने इराकी सरकारले अमेरिकासँग पनि नजिकको सम्बन्ध कायम राखेको छ । अमेरिकासँग मिलेर इराकी सरकारले इस्लामिक स्टेटविरुद्ध संघर्ष गरेको थियो । 

शीत युद्धजस्तो अवस्था
कयैन अर्थमा इरान र साउदीबीचको प्रतिद्वन्दीता विगतमा अमेरिका र सोभियत संघबीचमा कायम शीत युद्धजस्तै छ । 

इरान र साउदी अरब प्रत्यक्ष रुपमा त लडिरहेका छैनन् तर उनीहरु कयैन हिसाबको छद्म युद्धमा फसेका छन् । (यस्तो संघर्षमा आफ्ना प्रतिद्वन्दीविरुद्ध लडिरहेका मिलिशियालाई समर्थन गरिन्छ ।)

छद्म युद्धको एउटा उदारण सिरिया हो । त्यस्तै यमनको राजधानी कब्जा गरेर बसेको विद्रोही संगठन हुथीलाई इरानले ब्यालेष्टिक मिसाइल दिएको अरोप लाग्ने गरेको छ । हुथीले ती मिसाइल साउदीविरुद्ध प्रयोग गरिरहेको छ ।  
इरानले खाडीको रणनीतिक जलमार्गमा पनि जोड दिए । साउदी अरबले आफ्नो तेल ढुवानी गर्नको लागि यो जलमार्ग प्रयोग गर्नुपर्छ । 

अमेरिकाले त्यस जलमार्गमा विदेशी ट्यांकरमाथि भएका पछिल्ला आक्रमणको लागि इरानको हात भएको बताउने गरेको छ । तथापि इरानले यसलाई अस्वीकार गरेको छ ।  
इरान र साउदी अरब प्रत्यक्ष युद्ध होला ?

इरान र साउदी अरब छद्म युद्ध त लडिरहेका छन् तर हालै साउदी अरबको आर्थिक संस्थानमा हुथी आक्रमण भएसँगै स्थिति थप बिग्रिने आशंका गरिएको छ । 

खाडीको दुई किनारमा रहेका इरान र साउदी अरबबीच तनाव बढिरहदाँ वृहदस्तरको संघर्षको खतरा बढिरहेको छ । 

अमेरिका र अन्य पश्चिमी शक्ति पनि तिनको व्यापारिक र तेलको जहाज ढुवानी गर्नको लागि खाडिको जलक्षेत्रमा निर्भर छन् ।  

कुनै संघर्ष सुरु भएको स्थितिमा यो जलमार्गमा अवरोध आउन सक्ने सम्भावना धेरै छ । खासमा त्यस्तो स्थितिमा अमेरिकी जल सेना र वायु सेना सघर्षमा उत्रनेछ ।  

इस्लामिक क्रान्तीपछि अमेरिका र उसका सहयोगी देशले इरानलाई एउटा अस्थिर शक्तिको रुपमा हेरिरहेका छन् । साउदी नेतृत्व पनि इरानलाई आफ्नो अस्तित्वको लागि खतराको रुपमा हेर्छ । 

साउदी युवराज सलमानले इरानको बढ्दो प्रभाव रोक्नको लागि कुनै पनि हदमा जाने बताएका छन् । साउदी अरबको असुरक्षा हालैका वर्षमा उसको तेल क्षेत्रमा भएको आक्रमणबाट देखिई सकेको छ । 

यदी युद्ध सुरु भएमा त्यो सम्पूर्ण तयारीको अवस्थामा नभएर कुनै अप्रत्याशित घटनाको रुपमा सुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप