सबैलाई मान्य हुने गरी प्रदेश राजधानीको घोषणा गरिन्छ: मुख्यमन्त्री पोखरेल

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी सवैलाई मान्य हुने मनोविज्ञान तयार गरी घोषणा गर्ने बताएका छन् । आज अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेले सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी यहि बर्षभित्र राजधानी घोषणा गर्ने बताएका हुन् ।
उनले अहिले प्रदेशसभामा गठन गरेको समितिले र विज्ञहरुको टिमले राजधानीको नामाकरण, स्थानको बिषयमा काम गरिहेको बताउँदै त्यो समितिबाट आएको सुझाव एकिकृत गरी यो बर्षभित्र प्रदेश राजधानी घोषणा गर्ने बताए । उनले भने, ‘तर त्यो सबैलाई मान्य हुने मनोविज्ञान तयारी पारेर बल्ल प्रदेशसभा प्रस्तुत गरिन्छ । त्यो काम यहि बर्ष नै हुन्छ ।’ मुख्यमन्त्री पोखरेलले शुरुदेखि हतारमा निर्णय गरेर विरोधको भूमरीमा नपर्ने बताउँदै आएका छन् ।
उनले अहिले संघियताको बिषयमा गतल टिप्पणी हुँदै आएको बताउँदै एक बर्षमा प्रदेश सरकारले गरेका राम्रा कामको नजिताले जनतामा उत्साह आउने बताए । उनले पत्रकार सम्मेलनमा संघीयताले राज्यको खर्च बृद्धि गरेको तर नागरिकको खर्चमा बचत गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय