केन्द्रीय संस्करण

सबैलाई मान्य हुने गरी प्रदेश राजधानीको घोषणा गरिन्छ: मुख्यमन्त्री पोखरेल

person explore access_timeभदौ ३१, २०७६ chat_bubble_outline1

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी सवैलाई मान्य हुने मनोविज्ञान तयार गरी घोषणा गर्ने बताएका छन् । आज अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेले सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी यहि बर्षभित्र राजधानी घोषणा गर्ने बताएका हुन् ।

उनले अहिले प्रदेशसभामा गठन गरेको समितिले र विज्ञहरुको टिमले राजधानीको नामाकरण, स्थानको बिषयमा काम गरिहेको बताउँदै त्यो समितिबाट आएको सुझाव एकिकृत गरी यो बर्षभित्र प्रदेश राजधानी घोषणा गर्ने बताए । उनले  भने, ‘तर त्यो सबैलाई मान्य हुने मनोविज्ञान तयारी पारेर बल्ल प्रदेशसभा प्रस्तुत गरिन्छ । त्यो काम यहि बर्ष नै हुन्छ ।’ मुख्यमन्त्री पोखरेलले शुरुदेखि हतारमा निर्णय गरेर विरोधको भूमरीमा नपर्ने बताउँदै आएका छन् । 

उनले अहिले संघियताको बिषयमा गतल टिप्पणी हुँदै आएको बताउँदै एक बर्षमा प्रदेश सरकारले गरेका राम्रा कामको नजिताले जनतामा उत्साह आउने बताए । उनले पत्रकार सम्मेलनमा संघीयताले राज्यको खर्च बृद्धि गरेको तर नागरिकको खर्चमा बचत गरेको समेत बताए । 

कमेन्ट

  1. Sept. 17, 2019, 8:10 p.m. Krishna B Kunwar
    Considering the migration from hills to plain Terai and land plotting , let us propose Arghakhanci or Gulmi for capital of province 5.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...