शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानडाको बेबि ब्राण्ड बीबीलभ नेपालमा पनि

मङ्गलबार, ३१ भदौ २०७६, १४ : ३०
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलभले नेपालमा पनि प्रवेश पाएको छ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस ग्रुप अन्तर्गत आईएमएस लिटिल स्माइल कम्पनीले बीबीलभको सामाग्रीहरु भित्र्याएको छ । 

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आईएमएस लिटिल स्माइल कमल पोखरी स्थित सिटी सेन्टरमा रहेको छ । 


आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्र्तराष्ट्रिय बेबी ब्राण्डहरु जस्तै डाक्टर ब्राउनस्, क्रेन र हिमालय बेबी केयरका साथसाथै बीबीलभका प्राय जस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ ।

क्यानडियन ब्राण्ड बीबीलभले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । बीबीलभले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप