बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं तिहारमा रनर मोटरसाईकल को फ्याक्ट्री घुम्ने अफर

मङ्गलबार, ३१ भदौ २०७६, १४ : १५
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकल ले दशैं तिहार छठको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।

नेपालका लागी रनर मोटरसाईकलको आधिकारीक बिक्रेता रमण मोटर्सले सार्वजनिक गरेको उक्तm अफरमा रनर मोटरसाईकलको खरिदमा २० हजार सम्म नगद छुटको व्यवस्था गरेको छ ।  

साथै उक्त चाड–वाड भरीमा खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाँउने रमण मोटर्सका बिजनेश डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेले जानकारी दिएका छन ।

हाल नेपालमा रनर मोटरसाईकलको ८० सीसी देखी २०० सीसीसम्मका मोटरसाईकल र ११० सीसी को स्कुटर बिक्री भईरहेको छ, त्यसमा पनी रनर हक २०० सीसी अफरोड मोटरसाईकल लाई ग्राहकले अत्यन्तै रुचाएको न्यौपानेले जनाए ।

देशैभरी करिब २५ स्थानमा डिलर रहेको रमण मोटर्सले सर्भिस र स्पेर्य पार्टसको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मुल्याङ्कन र स्पट फाईनान्स सहित विगत केहिवर्ष देखी मोटरसाईकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप