शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा लाखौं महिलाले पहिलो यौन अनुभव बलात्कार भएको खुलाए

मङ्गलबार, ३१ भदौ २०७६, १३ : ५७
मङ्गलबार, ३१ भदौ २०७६

अमेरिकाका १८ देखि ४४ वर्षका ३० लाख ३० हजार महिलाले  किशोरावस्थामा नै बाध्यात्मक यौन सम्बन्ध स्थापित गर्नु परेको एक नयाँ अध्ययनले बताएको छ ।

गत सोमबार जामा इन्टरनल मेडिसिनमा प्रकाशित मेडिकल जर्नलले विश्व स्वास्थ्य संगठनले बताएको ‘बाध्यकारी यौन सम्बन्ध’लाई एक प्रकारको यौन हिंसा बताएको छ ।

‘यसलाई बलात्कारको संज्ञा दिँदा ठिक होला भन्ने हामीलाई लाग्छ,’ डा. लाउरा हक्सले भनिन्। उनी हार्भाड मेडिकल स्कूलका प्राइमरी केयर फिजिसियनका साथै यो शोधकी मुख्य अनुसन्धानकर्तामध्येकी एक हुन् ।

उक्त शोधमा ६.५ प्रतिशत महिलाले पहिलो पटक यौन सम्बन्ध आफ्नो इच्छाविपरित स्थापित गर्नुपरेको बताएका छन् । अनुसन्धानकर्ताले १६ मध्ये एक अमेरिकी महिलाले आफ्नो इच्छाविपरित बाध्यात्मक स्थितीमा परेर पहिलो पटक यौन सम्बन्ध स्थापित गरेको बताएका छन् ।

बाध्यात्मक यौन सम्बन्ध स्थापित गर्ने औसत उमेर १५.६ वर्ष भएको अनुसन्धानले बताएको छ । यद्यपि, पार्टनर वा पीडकको उमेर ६ वर्ष जेठो देखियो । जसले स्वेच्छिक यौन सम्बन्ध स्थापित गरे उनीहरुको औसत उमेर १७.४ रह्यो ।

अनुसन्धानमा संलग्न ५० प्रतिशत महिलाले पीडक आफूभन्दा अत्यधिक ठूलो र उमेरदार भएको पनि बताए । ५६ प्रतिशत महिलालाई पुरुषहरुले मौखिक दबाब दिएको बताए भने २६ प्रतिशत पुरुषहरुले कुटपिट गरेर धम्की दिएको र २५ प्रतिशतले चोट पुर्‍याएको अनुसन्धानमा उल्लेख छ । यस्तै,  २२ प्रतिशत महिलालाई ड्रग्स खुवाइएको पनि बताइएको छ ।

३० प्रतिशत बढीले पहिलो गर्भ अनेच्छुक रहेको बताए भने २४ प्रतिशतले गर्भपतन गरेको बताए ।

‘कुनै पनि यौन हमला (लिङ्ग प्रवेश) जुन कसैको इच्छा विपरित भएको छ भने त्यो बलात्कार नै हो । यदि कसैले यौन सम्बन्ध स्थापित गर्नका लागि मौखिक दबाब दिन्छ भने त्यो पनि बलात्कार जत्तिकै हो,’ मुख्य लेखक डा. लौरा हक्सले बताइन् ।

बाध्यकारी यौन सम्बन्ध स्थापित गरेका महिलाकाहरुको ऐच्छिक यौन सम्बन्ध स्थापित गर्नेहरु भन्दा बढी सेक्स पार्टनर, अनेच्छुक गर्भ र गर्भपतनलगायत थप प्रजनन स्वास्थ्य समस्या र महिनावारीको समस्या भएको उक्त अध्ययनले बताएको छ ।

लगभग १६ प्रतिशतले खराब स्वास्थ्य भएको बताए । यद्यपि, उनीहरुको स्वास्थ्य बाध्यकारी यौन सम्बन्धले भए नभएको भनेर उक्त अध्ययनले स्पष्ट पारेको छैन ।

‘पहिलो यौन सम्बन्धमा नै बलात्कार अनुभव गरेकाहरुले  यौनिकतामाथि स्वायत्तताको अत्यधिक क्षती व्यवहोरेका हुन्छन्,’ हक्सले  भनिन् । ‘यो अचम्म होइन कि यसले पछि गएर शारिरिक र मानसिक समस्या निम्त्याउँछ । यसले जीवनभरी निको नहुने घाउ दिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप