शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१८ टोलीको घोषणा

मङ्गलबार, ३१ भदौ २०७६, १३ : २४
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– असोज ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेको २५ खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षणमा रहेका गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ बाहिरिएका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपका खेलहरु हल्चोक स्थित शसस्त्र प्रहरी बल मुख्यालय मैदानमा हुनेछ ।

नेपाली टोली
गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी र पुजन होना
रक्षक : विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ,  एरिक रुम्बा र एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप