शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा भीरबाट लडेर २ जनाको मृत्यु

मङ्गलबार, ३१ भदौ २०७६, १२ : १८
मङ्गलबार, ३१ भदौ २०७६

बुटवल । गुल्मीका छुट्टाछुट्टै २ स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका वडानम्बर ५ मलागिरीमा नरे सार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेका अनुसार बीरबहादुर पसलमा सामान किन्न गएका बेला लडेका हुन् ।

त्यस्तै नरे सार्कीको पनि घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकह लडेर करिव ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुई जनाको शव जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप