किसिङ सीनको बहानामा निर्देशकले गरे दुर्व्यवहारः जरिन खान
बलिउडमा अहिलेसम्म थुप्रै नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । सलमान खानसँग फिल्म ‘वीर’ मा अभिनय गरेकी जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेको उनले जानकारी दिइन् ।
पिंकभिल्लालाई दिएको अन्तरवार्तामा जरिन खानले भनिन्, ‘जब म यो क्षेत्रमा नयाँ नयाँ आएको थिएँ तब मलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेका थिए । मैले आफूभित्रको लाज निकाल्नुपर्ने उनले बताएका थिए ।’
यद्यपि, उनले निर्देशकको उक्त कुरा स्विकार नगरेको बताइन् ।
स्मरण रहोस्, जरिन खानले बलिउडमा आफ्नो करियरको सुरुवात सलमान खानको फिल्म वीरबाट गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा फ्लप रह्यो । पछिल्ला दिनमा जरिन खान आफ्नो एक तस्बिरका कारण चर्चामा आएकी थिइन् । तस्बिरमा जरिन खानको स्ट्रेच मार्क्स देखिएको थियो जसका कारण उनलाई सोसल मिडियामा ट्रोल गरिएको थियो । जरिन खानले एकपछि अर्को पोस्टमार्फत् कडा जवाफ दिएकी थिइन् ।
उनले लेखिन्, ‘आखिर मेरो पेटमा के भएको थियो भनेर जान्न उत्सुकहरुका लागि मेरो पोष्ट हो । यो एउटा यस्तो व्यक्तिको प्राकृतिक पेट हो जसले ५० किलोभन्दा बढी तौल घटाएकी छिन् । यो यस्तै देखिन्छ जबकी यसलाई न त फोटोशप गरिएको छ, न कुनै प्रकारको शल्यक्रिया गरिएको छ । म ती व्यक्तिमध्ये पर्छु जो वास्तविकतामा विश्वास गर्छु । यसलाई ढाक्नुको साटो गर्वका साथ मैले आफ्ना कमजोरीलाई आत्मसाथ गरेको छु ।’
जरिन खानको यो पोष्टपछि नायिका अनुष्का शर्मा समर्थनमा उत्रिएकी थिइन् । अनुष्का शर्माले लेखेकी थिइन्, ‘जरिन तिमी निकै सुन्दर, बहादुर र स्ट्रङ्ग छौ । जस्तो छौ, उत्कृष्ट छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा