वैज्ञानिकहरुले जन्माए डेंगु प्रतिरोधी लामखुट्टे, नौ देशमा परिक्षण सम्पन्न

यो वर्ष दक्षिण एसिया मात्र होइन दक्षिण पूर्वी एशियाका फिलिपिन्स, भियतनाम, म्यानमार र कम्बोडियामा डेंगुको कारा भयावह स्थिति देखियो ।
नेपालमै पनि हजारौं मानिस यो रोगका कारण प्रभावित भएका छन् । विशेषज्ञहरुले डेंगुको यस सक्रमणको लागि बढ्दो विश्वव्यापि तापक्रम र र सुरक्षाको प्रयाप्त उपाय नहुँनुलाई जिम्मेबार ठहराएका छन् ।
यसबीच, वैज्ञानिकको एक समुहले डेंगु नियन्त्रण गर्नको लागि डेंगु–प्रतिरोधी लामखुट्टे जन्माउने अनुसन्धान गरिरहेका छन् । यसबाट यो रोगसँग लड्न सकिने आसा व्यक्त गरिएको छ ।
परिक्षणस्वरुप यस्ता लामखुट्टेलाई ९ देशमा छाडिसकेको छ । परिक्षणबाट राम्रो परिणाम पनि सार्वजनिक भएको छ ।
लामखुट्टेले फैलाउने रोगहरुको निदानको लागि वैज्ञानिकहरुले वल्ड मस्क्यिुटो प्रोग्राम(विश्व लामखुट्टे कार्यक्रम ) नै संचालन गरेका छन् ।
डेंगु फैलाउन जिम्मेबार एडिज प्रजातिका भाले र पोथीलाई जंगलमा छाड्नु अघि तिनलाई भोल्बाचियाबाट संक्रमित गरिन्छ ।
त्यसपछि ती दुई लामखुट्टेको मिलनबाट भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे पैदा हुनेछन् । जसले रोग प्रतिरोधीको रुपमा काम गर्नेछ । यसले डेंगु मात्र होइन लामखुट्टेले फैलाउने अन्य रोगहरु जिका, एल्लो फिभरजस्ता रोगहरु लाग्नबाट पनि बचाउँनेछ ।
यसको पहिलो पटक परिक्षण उत्तरी अष्ट्रेलियामा गरिएको थियो । भियतनाममा विश्व लामखुट्टे कार्यक्रम परियोजना संयोजक गुएन बिन्ह गुयेनले भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोडेपछि डेंगु रोगमा कमी आएको बताए ।
गुएनको समूहले दक्षिणी भियतनामका डेंगु प्रभावित जिल्ला विन्ह लुओंगमा करिब डेढ लाख भोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोडेको बताए । संक्रमित लामखुट्टे छाडेपछि त्यस क्षेत्रमा डेंगु रोगमा ८६ प्रतिशत कमी आएको थियो ।
विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार यो वर्ष दक्षिण–पूर्व एशिया क्षेत्रमा डेंगूका ६ लाख ७० हजार विरामी देखिए । त्यसमध्य १८ सय मानिसको मृत्यु भइसकेको छ ।
नेपालमा पनि यो वर्षको गर्मीमात्रै डेंगुबाट हजारौं प्रभावित भए । त्यस्तै रोगका कारण ६ जना भन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण