पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्ससँग चौथो पटक विवाह गर्दै गायिका जेनिफर लोपेज
अमेरिकी गायिका जेनिफर लोपेज चौथो पटक विवाह गर्ने तयारीमा छिन् । जेनिफरका अनुसार दुई वर्षसम्मको डेटिङपश्चात् पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्सले मार्च २०१९ मा विवाहका लागि प्रस्ताव गरेका थिए । त्यसकारण उनी अब यो सम्बन्धलाई गम्भीरताका साथ लिइरहेकी छिन् ।
यसअघि भइसकेको छ तीन विवाहः
जेलो नामबाट चर्चित गायकाले यसअघि क्यूबाली वेटर ओजानी नोआसँग पहिलो विवाह सन् १९९८ मा गरेकी थिइन्, जुन एक वर्षमा नै समाप्त भयो । सन् २००१ मा उनले डान्सर क्रिस जडसँग दोस्रो विवाह गरिन् र सन् २००३ मा उनको सम्बन्धविच्छेद भयो । सन् २००४ मा गायक मार्क एन्थोनीसँग सम्बन्ध जोडियो । उनीहरुको ११ वर्षे जुम्ल्याहा सन्तान म्याक्स र एम्मे छन् । सन् २०१४ मा पनि यी दुईको सम्बन्धविच्छेद भयो ।
सम्बन्ध दिगो हुनेछः
जेनिफरले उनको विवाह नचलेपछि यो सम्बन्ध भने दिगो रहने बताएकी छिन् । जेनिफर भन्छिन्, ‘मैले बुझिसकेकी छु कि विवाह प्रेममा हुनु र एउटै घरमा बस्नु मात्रै होइन । विवाह निकै ठूलो कुरा हो । एलेक्स र मबीच सुरुदेखि नै एउटा सम्बन्ध रहेको छ र सायद उनीसँग म आफ्नो भविष्य देख्न सक्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
-
नेपालबाट ७ महिनामा ९ अर्बको जस्तापाता निर्यात
-
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ