मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

मङ्गलबार, ३१ भदौ २०७६, ०८ : ०७
मङ्गलबार, ३१ भदौ २०७६

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । 

उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । 
    
केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । 

स्व. रेग्मीका तीन छोरा र चार छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप