मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम र ग्यास पाइपलाइनः फेरि तीन योजना अघि बढ्दै

मङ्गलबार, ३१ भदौ २०७६, ०७ : ३९
मङ्गलबार, ३१ भदौ २०७६

नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ । 

यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् । 

नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ । 

पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप