बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएका पर्यटनमन्त्री भट्टराई किन आलोचित ?

मङ्गलबार, ३१ भदौ २०७६, ०६ : ४४
मङ्गलबार, ३१ भदौ २०७६

डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । 

समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । 

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा भट्टराई आएका थिए । संसद्  यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डल प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् । 

किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका केही प्रतिनिधिमुलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ । ‘राष्ट्रिय जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो रु ’ नागरिकस्तरबाट प्रश्न उठेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप