शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व स्टार क्रिकेटर फ्लिनटफ अचानक नेपालमा

मङ्गलबार, ३१ भदौ २०७६, ०० : १२
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं-इङ्ल्यान्डका पूर्व स्टार क्रिकेटर एन्ड्रु फ्लिनटफ हिमालयको देश नेपाल आएका छन् । आइतबार दिउँसो अचानक नेपाल आईपुगेका फ्लिनटफ आएको कुरा क्रिकेट प्रेमी दर्शक र उनका सर्मथकले सोमबार मात्र थाहा पाएका थिए । सोमबार दिउँसो अचानक काठमाडौंको ऐतिहासिक स्थल हनुमान ढोका परिसरमा फ्लिनटफलाई देखेपछि सर्मथकले उनीसँगै फोटो खिचाएर रमाईलो गरेका छन् । सर्मथकले सामाजिक सञ्जालमा फ्लिनटफसँगको तस्विर समेत पोस्ट गरेका छन् ।

विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मध्येका एक फ्लिनटफ अहिले टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा सक्रिय छन् । टेलिभिजनमा उनी फ्रेडी फ्लिनटफ नामले परिचित छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका उनी सन् २०१० सम्म क्रिकेट मैदानमा सक्रिय थिए । ४१ बर्षीय फ्लिनटफले सन् २०१० मा सन्न्यास लिएका थिए । तर उनले सन् २०१४ र २०१५ को सिजन बिग बास लिग पनि खेले । खेल जीवनपछि टेलिभिजन कार्यक्रममा ब्यस्त रहेका फ्लिनटफ टेलिभिजन कार्यक्रम उत्पादन गर्नकै लागि नेपाल आएका हुन् ।

उनले सोमबार हनुमानढोका दरबार क्षेत्रमा टेलिभिजन कार्यक्रम सामग्री उत्पादनका लागि सुटिङ गरेका थिए । उनको जम्बो टोलीनै सुटिङमा सक्रिय रहेको छ । फ्लिनटफ इङ्ल्यान्डको चर्चित ‘टप गियर’ नामक टेलिभिजन कार्यक्रमको लागि नेपाल आएका हुन् । सन् २००२ देखि सुरु भएको यस कार्यक्रममा ऐतिहासिक, साहसिक, चुनौतीपूर्ण, विशेष रेस र स्टन्ड जस्ता गतिविधिलाई मानोरञ्जन परक ढंगले प्रस्तुत गरिन्छ । फ्लिनटफको टोली काठमाडौं हुँदै मुस्ताङ जाने बताईएको छ । फ्लिनटफ एक सातादेखि १० दिनसम्म नेपालमा रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप