बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बारामा चट्याङ लागेर एकको मृत्यु

सोमबार, ३० भदौ २०७६, २२ : ०२
सोमबार, ३० भदौ २०७६

बारा- बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको  र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप