चट्याङ लागेर एक जनाको बारामा मृत्यु
सोमबार, ३० भदौ २०७६, २१ : १९
रौतहट – रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्यांग लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० का प्रभु साह तेली रहेको प्रहरी प्रवक्ता डिएसपी रंजित सिह राठौरले जानकारी दिए ।
सोमवार बेलुका आफनै उखुबारीमा पंम्पीसेटबाट पानी पटाउन गएको बेला चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यसैगरी चटयाङ लागेर आर्दश कोतवाल गाँउपालिका वडा नमबर ४ कोइलीडिलका बिजय यादव घाइते भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए ।
मृतक साहको शव परिक्षणका लागि जिल्ला अस्पताल कलैयामा ल्याएको र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार