मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा बढ्दै डेङ्गुको प्रकोप

सोमबार, ३० भदौ २०७६, २० : ५४
सोमबार, ३० भदौ २०७६

पोखरा – गण्डकी प्रदेशमा डेङ्गुको प्रकोप बढ्दै गएको छ । सोमबार साँझसम्मको तथ्यांकमा गण्डकीमा १५ सय ७६ जना डेंगुका बिरामी देखिएका छन् ।  स्वास्थ्य निर्देशनालय पोखराका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार सोमबार बेलुकासम्मको रिपोर्टले गण्डकी प्रदेशमा डेङ्गुका बिरामी बढ्दै गएको देखाएको छ । 


दिनहुँ जनचेतनामुलक कार्यक्रम गर्दै आउनु भएको छ । माइकिङ गर्दै टोल टोलमा पनि पुग्नु भएको छ । बिरामी घट्नुको साटो किन बढि रहेका छन् ? हामीले प्रश्न गर्यौ । जवाफमा उनले भने, ‘हामीले त जनचेतना फैलाउँने हो । जुन किसिमले समुदाय आफैंले रियाक्सन गर्नुपथ्र्यो । त्यो किसिमले भएन ।’

सेना, प्रहरी, स्वास्थ्यकर्मी दिनहूँ फिल्डमा खटिएर जनचेतना फैलाउँने काम गरि रहेको उनले सुनाए । ‘पहिलो काम त जनताकै हो । आफै लागेर आफ्नो टोल, छिमेक, घर सफा गर्नु पर्ने हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले त सहयोग मात्रै गर्ने हो ।’

डेङ्ग सार्ने लामखुट्टै एउटा मात्रै नभएर शाखा सन्तान र अण्डासमेत संक्रमित हुने हुनाले उसको जीवनकाल नसकिउन्जेल डेङ्ग सार्दै हिड्ने उनले सुनाए । ‘भनेपछि एक, दुई महिना अघिदेखि गरेका एक्टिभिटीले यस्को संक्रमण घट्ने हो,’ उनले भने, ‘आशा गरौं अबको केही समयपछि डेङ्ग नियन्त्रणमा आउँला ।’

समाज आफैं जागरुक नभई डेंगु नियन्त्रणमा नआउँने उनले तर्क राखे । ‘पोखरामा मान्छेको मोबिलिटी पनि अलि बढी छ,’ उनले भने, ‘जस्तै अब पोखरामा भएको मान्छे भोलि बागलुङ जाला, तनहुँ जाला, काठमाडौं जाला त्यहाँ फेरि नयाँ संक्रमण सुरु हुन्छ । मान्छेको आवतजावत बढी भई रहने हुनाले पनि संक्रमण बढी रहेको हो ।’

डेङ्ग नियन्त्रणकै लागि गण्डकी प्रदेश सरकारले २१ लाख रुपैयाँ बजेट छुट्याएको थियो । गण्डकी प्रदेशका जिल्लाहरु स्याङजा, तनहुँ लगायतका जिल्लामा पनि यस्को संक्रमण देखिए पनि कास्कीमै यस्को बिरामी बढी रहेको  स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप