शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृष्ण र टीकाको ‘ पुर्‍याईदिउँला ट्रेण्डिङमा’

सोमबार, ३० भदौ २०७६, १९ : २१
सोमबार, ३० भदौ २०७६

काठमाडौं – पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा युट्युवको ट्रेण्डिङले निकै महत्व राख्ने गर्दछ । सार्वजनिक भएका नयाँ गीत युट्युवको ट्रेन्डिङमा परे हिट र नपरे फ्लप भनेर भन्ने समेत गरेका छन् । 

सायद, त्यसैले पनि नयाँ गीत बाहिर ल्याउँदा त्यसका श्रष्टाले ट्रेन्डिङमा पार्न बुष्टदेखि प्रचारका अनेक माध्यम अपनाउने गरेका छन् । यस्तै परिवेशलाई समेटेर गायक कृष्ण भट्टराई र गायिका टीका प्रसाईले नयाँ गीत ‘पु¥याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा डीपी खनालको शब्द, विश्वास अधिकारीको संगीत तथा संगीत संयोजन रहेको छ ।  गीतको म्युजिक भिडियो भने सविन किशोर मैनालीले निर्देशन गरेका हुन् । जसमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको अभिनय छ ।

शैलेश हमालकै कोरियोग्राफी रहेको भिडियो अष्ट्रेलियामा छायाँकन गरिको छ । भिडियोमा अष्ट्रेलियाको सुन्दर दृष्यहरु कैद गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप