शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङ र उपासनाको यस्तो छ माया पिरती

सोमबार, ३० भदौ २०७६, १८ : ५६
सोमबार, ३० भदौ २०७६

काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो ‘कबड्डी कबड्डी कबड्डी’ । असोज ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरमा तयार भएको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको रोमान्स देख्न सकिन्छ ।  गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द छ । रेनशा वान्तवा राईले गीतमा कोरियोग्राफी गरेकी छन् ।

स्वजातीय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हिट फिल्म ‘कबड्डी’ को दोस्रो सिक्वेल हो ।  निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको फिल्म बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् । दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप