नोबेलमा नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बिराटनगर–नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, शैक्षिक बिभाग निर्देशक प्रोफेसर एजी सिंह, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जगन्नाथ बराल लगायतले बिद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा पारामेडिकल कार्यक्रमका निर्देशक कमल पराजुली, नर्सिङ निर्देशक दुर्गा चौलागाई र नर्सिङ शिक्षिका डेजिना थापाले बिद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा बोल्दै नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.अधिकारी, शैक्षिक बिभाग निर्देशक प्रोफेसर सिंह, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरंजन, शैक्षिक कार्यक्रम संयोजक निरौला लगायतले बिद्यार्थीलाई अनुशासित भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिए ।
नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्र्तगतका पाँच संकायमा १ सय ८० बिद्यार्थी भर्ना भएको कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए ।
नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै