कास्कीबाट चुनाव लड्ने/नलड्ने पार्टी निर्णयमा भर पर्छ : नेता गौतम
काठमाडौं– कास्की-२ बाट सचिवालय सदस्य वामदेव गौतमलाई चुनाव लड्न अनौपचारिक प्रस्ताव गरेपनि यसबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले औपचारिक निर्णय गरेको छैन । उपचारका लागि पहिलो पटक सिंगापुर जानु पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, नेता गौतमले कास्कीबाट चुनाव लड्ने वा नलड्ने भन्नेबारे आफु एक्लैले निर्णय नलिने बरु पार्टीको निर्णय अन्तिम हुने बताएका छन् ।
रातोपाटीसँगको संक्षिप्त कुराकानीमा नेता गौतमले कास्की २ बाट कसलाई उमेद्वार बनाउने भन्नेबारे पार्टीमा अहिलेसम्म कुनै निर्णय भै नसकेको बताएका हुन् । ‘केपी कमरेडले तपाई चुनाव लड्नुस् भन्ने प्रस्ताव गर्नु भएको साँचो हो । तर, मैले चुनाव लड्छु भनेको छैन । प्रस्ताव आएपनि मैले कुनै निर्णय गरिसकेको छैन’, नेता गौतमले रातोपाटीसँग भने, ‘तर, दुवै अध्यक्षले निर्णय गरेर तपाई नै त्यहाँबाट चुनाव लड्नुस् भन्नु भयो भने मात्रै मैले मानसिकता बनाउने हो । त्यसकारण यसमा मेरो व्यक्तिगत निर्णय भन्दापनि पार्टीको निर्णय अन्तिम हुन्छ ।’
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको उक्त निर्वाचन क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपाका तर्फबाट गौतमको नाम पनि चर्चामा छ । तर, कतिपयले उनकै पत्नीलाई चुनाव लडाउनुपर्ने भन्दै पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
यसबारे नेता गौतम भन्छन्, ‘विद्या कमरेड चुनाव लड्न चाहनुभयो भने पहिलो प्राथमिकता उहाँलाई नै हुन्छ ।’ गौतमले यसअघि आफैले विभिन्न जिल्लाबाट चुनाव लड्न खोजेपनि उनलाई कास्कीबाट चुनाव लड्न भने अध्यक्ष ओलीले नै पहिलोपटक प्रस्ताव गरेका थिए । प्रतिनिधिसभाका लागि हुने कास्की २ को निर्वाचनमा प्रमुख विपक्षी नेपाली काँग्रेस पनि बलियो उमेद्वार उठाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छ ।
यो पनि पढ्नुहोस्ः
कास्कीबाट चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण