बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीइभिटीइका कर्मचारी धर्नामा

सोमबार, ३० भदौ २०७६, १६ : ५३
सोमबार, ३० भदौ २०७६

काठमाण्डौ– प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीमा कार्यरत कर्मचारीहरू ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सिटीइभिटी व्यवस्थापनसँग गतवर्ष असोज २१ र जेठ १३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने मागसहित भदौ २५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

सिटीइभिटीका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर सुरु गरिएको आन्दोलनका कार्यक्रममा भदौ २६ गते पनि कर्मचारीहरुले धर्ना दिएका थिए । आफुहरूको माग पुरा गराउन व्यवस्थापनले कुनै चासो नदिएको भन्दै राष्ट्रिय कर्मचारी संगठनले माग पुरा नभएसम्म चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राख्ने जनाएको छ ।

आन्दोलनरत कर्मचारीहरुले सिटीइभिटी व्यवस्थापनसँग सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रिय कार्यालयभन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाइ प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका ११ बुँदे मागहरू अघि सारेका छन् ।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना शुरू गरेका छन् । उक्त संगठनका अध्यक्ष तेजबहादुर खत्रीको नेतृत्वमा बिहान १० बजेदेखी शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने ३ नम्बर प्रदेशका उपाध्यक्ष बिजेश बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप