बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसन्त चौधरीको विश्व–काव्ययात्रा भर्जिनियामा

सोमबार, ३० भदौ २०७६, १६ : १७
सोमबार, ३० भदौ २०७६

भर्जिनिया– कवि बसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार साँझ अमेरिकाको भर्जिनियामा एकल कविता वाचन गरेका छन् । 

कविता वाचनका माध्यमले प्रवासी नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा–साहित्यको प्रचार–प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको सो एकल कविता वाचनमा कवि चौधरीले माया–प्रेम, राजनीतिक विसंगति, समाज र आजको मान्छेबारे करिब दुई दर्जन कविता सुनाएका थिए । 

‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’ 

कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गरिन्छ । कवि चौधरीले पनि यही मान्यतालाई स्वीकार्दै वन्दनास्वरूप आफ्नो कवितावाचनको सुरुवात माथिको आध्यात्मिक गीतबाट गरेका थिए ।

कविता वाचन गर्दागर्दै उनी भावुक भए । एउटा प्रेमको कविता वाचन गर्ने क्रममा कवितात्मक शैलीमै उनको भावुकता यसरी पोखियो– ‘प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन् । के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ ? के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ ? 

जसरी वर्षातको थोपाहरुलाई, पूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न, त्यसैगरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न सकिन्न । यो त एउटा शाश्वत भावना हो, जुन हाम्रो हृदयमा कहिल्यै नमर्ने गरी बसेको हुन्छ ।’  

भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार–मञ्चद्वारा आयोजित २० औँ शृङ्खलाअन्र्तगत उनले आफ्ना केही नयाँ विता र लोकप्रिय गजल पनि सुनाएका थिए । कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर र विह्वल भएका थिए । 

‘आमा’ कविता वाचन गर्नुअघि उनले ‘व्यक्त गरे, ‘आमा’ शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन् । प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन् । 

त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो ।’ यी वाक्य र हरफहरूले सबैलाई गम्भीर र संवेदनशील बनाइदियो ।’ 

सो समारोहमा चौधरीका नौ भाषामा प्रकाशित काव्यकृति ‘वसन्त’ र हिन्दी भाषामा प्रकाशित कवितासंग्रह ‘चाहतों के साये में’ को समाजका ११ जना अग्रज व्यक्तित्वहरूद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो । यो विशेष कार्यक्रम थियो । सो अवसरमा कवि चौधरीले आफ्ना कृतिमा हस्ताक्षर पनि गरेका थिए । 

सोही समारोहमा कवि बसन्त चौधरीलाई विशिष्ट कविका रूपमा आयोजक अन्तर्राष्ट्रिय कलाकार–मञ्चले अभिनन्दन गरेको थियो । 

‘नेपाली भाषा र साहित्यलाई आफ्ना ‘विश्व–काव्ययात्रा’ का माध्यमले अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्नुका साथै समग्र नेपाली साहित्यको श्रीवृद्धि र विस्तारका लागि आफ्नो शिल्प, ज्ञान र साधनालाई अभिसिञ्चिन गर्दै, यस क्षेत्रमा उनले संस्थागत तथा आफ्ना कविताका माध्यमले पु¥याएको योगदानको कदरस्वरूप विशेषरूपमा अभिनन्दन गरिएको थियो ।

यस अघि ८ सेप्टेम्बरमा क्यानडाको टोरन्टो र ११ सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आफ्नो काव्ययात्रा सम्पन्न गरेर कवि चौधरी विश्व–काव्ययात्राको २० औँ शृङ्खला प्रस्तुत गर्न भर्जिनिया पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप