शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९’ असोज २ बाट

सोमबार, ३० भदौ २०७६, १६ : १२
सोमबार, ३० भदौ २०७६

काठमाडौं– नेपाल धागो उत्पादक संघले नेपालमा दोश्रो पटक स्वदेशी लगाऔं, स्वदेशी बनौं भन्ने नाराका साथ ‘टेक्सटायल एक्स्पो २०१९’ आयोजना गर्न लागेको छ । मेला यही असोज २ देखि ६ गते सम्म भृकुटीमण्डपमा संचालन हुनेछ । 

नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ सुटिङ, निटिङ्ग तथा स्थानीय गार्मेन्ट आदि बस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको संघले जानकारी गराएको छ । 

नेपाल धागो उत्पादक संघको स्थापना वि.सं. २०५३ मा भएको हो । उक्त संघमा आवद्ध उद्योगहरुले हाल वार्षिक रुपमा करिब ४०,००० मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । 

विगत ६÷७ वर्षदेखि भारत तथा युरोपको विशेषतः टर्कीमा निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा संघले जानकारी गराएको छ । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर आदि विभिन्न उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । 

यी नै धागो उद्योगहरु तथा यससँग सम्बन्धित अन्य उद्योगको प्रवद्र्धन एवं विकासको लागि नेपाल धागो उत्पादक संघले निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । साथै मेलामा नेपाली उत्पादकहरुद्घारा उत्पादित गुणस्तरीय धागो, कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर सामान तथन स्थानिय गार्मेन्टहरुको प्रदर्शनी र बिक्रि समेत हुनेछ । 

स्थानीय कपडा तथा गार्मेन्टस्को नयाँ उत्पादनहरुको प्रदर्शनी हुनेछ । साथै सुपथ मूल्यमा बिक्री समेत हुने संघले जनाएको छ । स्कुल, कलेज तथा कर्मचारीको पोशाकको लागि गुणस्तरीय समान उपलब्ध हुनेछ । साथै नेपाली उत्पादनमा हुने फेसन शो मेलाको आकर्षण समेत हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप