शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा बाँके घटना फेरि ब्युतियो : काँग्रेस र नेकपा सांसदबीच चर्काचर्की, संसद बैठक स्थगित

सोमबार, ३० भदौ २०७६, १५ : ५४
सोमबार, ३० भदौ २०७६

काठमाडौँ – बाँके घटनालाई लिएर प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको  छ । 

काँग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखे लगत्तै नेकपाका सांसद नन्द लालले नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको भनेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । 

लालले काँग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र काँग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी समेत गरेका थिए । 

लालले काँग्रेस आन्दोलनमा उत्रिए नेकपा पनि आन्दोलनमा उत्रिन तायर रहेको भनेपछि काँग्रेस सांसदहरु बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।

 


काँग्रेसले बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महाराले संसद बैठक असोज १ गतेसम्मका लागि स्थगित गरेका छन् ।

पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप