उप-प्रध्यापक छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या
सोमबार, ३० भदौ २०७६, १५ : १९

बुटवल– पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् ।
४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थियो । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १० हेक्लाङ्गा निवासी उप–प्रध्यापक तिमिल्सिनाको ह्रदयघात मृत्यु भएपछि विक्षिप्त बनेका उनका बाबुले आज बिहान घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
उपप्रध्यापक तिमिल्सिना पाल्पाको नर्सिङ्ग कलेज, मिलेनियम कलेजमा समेत अध्यापन गराउँथे भने पाल्पाकै सुर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । बाबु छोराको तीन दिनमै मृत्यु भएपछि आफन्तजन शोकमा डुबेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)