बुटवलमा पहिलोपटक नगर प्रहरीलाई विशेष प्रशिक्षण
बुटवल– बुटवलमा पहिलोपटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरिएको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम सञ्चालन गरिएको हो । पाँच नम्बर प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएका १६ जनालाई आज एक समारोहका बीच प्रहरी तालिम केन्द्रमा दीक्षित समेत गरियो । नगर प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक–१, नगर प्रहरी हवल्दार–३ र नगर प्रहरी जवान १२ जनाले २५ दिनसम्म आवासीय रुपमै विभिन्न तालिम लिएका थिए ।
स्थानीय सरकारले प्रहरी तालिम केन्द्रमार्फत यसप्रकारको तालिम सञ्चालन गरेको नेपालमै पहिलो रहेको बताइएको छ । सोही अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले नगर प्रहरीको उत्तरदायित्वलाई सही ढंगले बहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए । प्रदेश नं. ५ प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बुटवल उपमहानगरपालिकाले नमुना कामको थालनी गरेको भन्दै सहकार्य जारी राखिने बताए ।
नगरप्रहरीलाई कस्तो तालिम ?
पहिलोपटक जनपथ प्रहरीबाट नगर प्रहरीले तामिल प्राप्त गरेका छन् । उनीहरुले प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरु, कार्यालय सुरक्षा विधि, सुरक्षा परिचय प्रकार, महत्व र ध्यान दिनुपर्ने कुराहरु, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्याँकनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, लुजुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा तालिम दिइएको समादेशक वरिष्ठ प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।
उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाट बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थाका बारेमा विशेष तालिम दिइएको थियो । जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा नगर प्रहरीले तालिम लिएका छन् ।
सो अवसरमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक रामबहादुर केसी, पाँच नम्बर ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुइँटेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईलगायतले दिक्षित भएका नगरप्रहरीलाई शुभकामना दिँदै कुशलतापूर्वक काम गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास