केन्द्रीय संस्करण
फिचर

साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प

अब साइकल बोकेर चढ्न चाहन्छन् सर्वोच्च शिखर

person explore access_timeभदौ ३०, २०७६ chat_bubble_outline4

साधारण रोयल साइकल । त्यसमा न गियर छ, न डिस ब्रेक । त्यही साइकल चढेर रञ्जित साहले पूरा गरे सगरमाथा बेस क्याम्पसम्मको यात्रा ।

३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका हुन् ।

भदौ ९ गते यात्रामा निस्किनुभन्दा पहिले उनी जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यो थाहा पाएर जनकपुरका केही युवाहरू उनलाई बिदाइ गर्न मन्दिर परिसरमा भेला भए । दुई चारजना युवाले माला लगाएर उनलाई विश्वको सबभन्दा अग्लो सगरमाथाको बेस क्याम्पका लागि बिदाइ गरे ।

जनकपुर प्रदेश २ को अस्थायी राजधानी र उपमहानगरपालिका पनि हो । तर रञ्जितले साहसिक यात्रामा निस्किँदै गर्दा त्यहाँका दुईवटै सरकार बेखबर थिए ।

स्थानीय पत्रकार घनश्याम मिश्र भन्छन्, ‘राष्ट्र, राष्ट्रियता त्यसमा खासगरी मधेसलाई विश्वमा चिनाउन रञ्जित सगरमाथाको बेसक्याम्पका लागि निस्किँदै थिए तर प्रदेश र स्थानीय सरकार दुवै बेखबर थिए । त्यसले केही दुःख त लागेको थियो तर हामी केही युवाले खुशीका साथ बिदाइ गरेका थियौँ ।’

औपचारिकताका लागि प्रदेश तथा स्थानीय सरकारले चाहिने पत्रहरू भने बनाइदिएको थियो ।

यता, रञ्जित साह भन्छन्, ‘प्रदेश तथा स्थानीय सरकारले केही गरेन भन्ने मलाई कुनै दुःख छैन, आफ्नो काम गर्दै जानुपर्छ । काम गरेर नै अरूलाई सोच्न बाध्य बनाउने मेरो सोच छ ।’ आफूलाई कसैले केही गरिदियोस् भनेर अभियान सुरु नगरेको उनको भनाइ छ ।

*****

जनकपुरको जिरो माइलमा उनको आफ्नो पैतृक पान पसल छ । त्यही पान पसल चलाएर उनले घरपरिवार चलाउँछन् र केही बाँकी रकमले साइकल यात्रामा खर्च गर्छन् । उनका बुबाले विगत १५ वर्षदेखि पान पसल चलाउँदै आएका थिए । पछि रञ्जितले बुबालाई सहयोग गर्न थाले । विस्तारै पान पसल रञ्जितकै भरमा भयो ।

*****

पान पसलबाट चल्छ जीविका

शिरमा नेपाली टोपी । साइकलमा चन्द्र, सूर्य अङ्कित झण्डा । ‘तराई पहाड हिमाल हाम्रो मातृभूमि नेपाल’ राष्ट्रिय एकताको नारा दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न निस्केका रञ्जित आफ्नै खर्चमा यात्रारत छन् ।

कसैले सहयोग गर्यो भने पनि उनले त्यसलाई कुनै असहाय व्यक्ति वा कुनै सार्वजनिक संस्थालाई दान दिन्छन् ।

१२ महिनामा ११ महिना मिहिनेतसाथ काम गर्छन् र बाँकी एक महिना साइकल यात्रामा निस्किन्छन् ।

जनकपुरको जिरो माइलमा उनको आफ्नो पैतृक पान पसल छ । त्यही पान पसल चलाएर उनले घरपरिवार चलाउँछन् र केही बाँकी रकमले साइकल यात्रामा खर्च गर्छन् । उनका बुबाले विगत १५ वर्षदेखि पान पसल चलाउँदै आएका थिए । पछि रञ्जितले बुबालाई सहयोग गर्न थाले । विस्तारै पान पसल रञ्जितकै भरमा भयो ।

*****

तराई मधेसतिर छोरीलाई पढाउने चलन नै थिएन । पढाइ हाले पनि अधिकांशले छोरीलाई सरकारी स्कुल र छोरालाई निजी स्कुलमा पढाउँथे । तर रञ्जित यस्तो व्यक्ति हुन्, जो आफू नपढेर भए पनि बहिनीलाई पढाउन काम सुरु गरेका थिए । रञ्जितले एउटा बहिनी सलक साहलाई भारतको बैङ्गलोर र अर्का बहिनी सुजानी साहलाई काठमाडौँमा अध्ययन गराइरहेका छन् ।  

*****

आफू पढेनन्, बहिनीहरुलाई पढाए

जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीका रञ्जितले ७ कक्षासम्म मात्र पढेका छन् । उनले आफ्नो बहिनीलाई पढाउन आफ्नो पढाइ त्यागेर पैसा कमाउनतिर लागेका थिए ।

उनी भन्छन्, पढाइ नै सबैथोक होइन, घरपरिवार र समाज पनि हेर्नुपर्छ । त्यही भएर मैले पढाइ छाडेको हुँ ।’ दुइटी बहिनीलाई आफूले कमाएर पढाएको उनले बताए ।

संयोग पनि कस्तो रञ्जितका दुई दाजु भाइ छन् । दुवै दाजुमध्ये कसैले पनि उच्च शिक्षा हासिल गरेका छैनन् । उनका दाजु वैद्यनाथ साह एम्बुलेन्स चालक छन् । उनका दुईजना बहिनीले भने उच्च शिक्षा लिइरहेका छन् । दुई दाजुभाइ अलग–अलग बस्छन् । रञ्जित आफ्ना आमा–बुबाका साथमा छन् ।

तराई मधेसमा जहाँ छोराछोरीमा शिक्षालाई लिएर विभेद छ त्यहाँ रञ्जितले उदाहरणीय काम गरेका छन् ।

तराई मधेसतिर छोरीलाई पढाउने चलन नै थिएन । पढाइ हाले पनि अधिकांशले छोरीलाई सरकारी स्कुल र छोरालाई निजी स्कुलमा पढाउँथे । तर रञ्जित यस्तो व्यक्ति हुन्, जो आफू नपढेर भए पनि बहिनीलाई पढाउन काम सुरु गरेका थिए । रञ्जितले एउटा बहिनी सलक साहलाई भारतको बैङ्गलोर र अर्का बहिनी सुजानी साहलाई काठमाडौँमा अध्ययन गराइरहेका छन् ।  

******

सानैदेखि चुलबुले स्वभावका रञ्जित पढाइमा राम्रै थिए तर पढाइभन्दा अन्य काममा बढी ध्यान हुन्थ्यो उनको । त्यही भएरै उनका बुबाले ‘पढ्न मन छैन भने पसल चलाएर बस’ भनेर भनेका थिए । त्यसपछि उनले पनि दुई बहिनीलाई पढाउने सङ्कल्प लिएर आफ्नो पढाइ बीचैमा छाडेर पान पसल चलाउन थाले । 

******

उनको परिवारको आम्दानीको स्रोत पान पसल मात्र हो । सोही पसलबाट उनले परिवार चलाउनुका साथै दुई बहिनीलाई पढाइरहेका छन् र आफ्नो अभियानमा पनि खर्च गरिहेका छन् ।

उनका बुबा किशोरी साहले भन्छन्, ‘छोरा रञ्जितले के गरिरहेका छन्, मलाई थाह छैन तर जे गरिरहेका छन् राम्रै गरेको होला जस्तो लाग्छ ।’

साइकल लिएर कहिले कहाँ त कहिले कहाँ कुदिरहेका हुन्छन् । नजा, पसल चलाएर बसभन्दा त, नाई म जान्छु, गएर आइहाल्छु भनेर जान्छ । अरूको मुखबाट छोराको प्रसंशा सुन्दा खुशी लाग्छ । बुबा किशोरी साहले रातोपाटीसँग कुरा गर्दै भने, ‘कसको इच्छा हुँदैन, छोराले कमाइ गरोस्, घरबार सम्हालोस् भन्ने ? तर उनलाई त्यही काम गर्न मन लाग्छ भने मैले जति रोके पनि रोकिँदैन ।’

उनको मामा सुरज साहको पनि धारणा त्यही छ । भन्जाले राम्रो काम गरेको हो जस्तो लाग्छ । रेडियोमा उनको नाम सुनिरहेको हुन्छु । खुशी लाग्छ भन्दै उनले रन्जितमा देशका लागि केही गर्ने भूत सवार छ, जहिले पनि केही गर्छु मामा भन्थे । साँच्चै केही गर्छन् जस्तो लागेको बताए । रञ्जित बेस क्याम्पका लागि हिँड्दा पान पसल मामाको भरमा छाडेका छन् ।

बुबा किशोरी साह उमेरले ६८ वर्षका भइसकेका छन् । पसल राम्रै चल्छ । त्यसैले उनी साइकल यात्रामा निस्कन लाग्दा मामालाई पान पसल रेखदेख गर्न आग्रह गरेका थिए । अहिले उनका मामा सुरज साह पान पसल सम्हालेका छन् ।

रन्जित साह अविवाहित हुन् । उनको घरबाट विवाह गर्न दबाब नआएको होइन तर उनी सीधै जवाफ दिँदै भन्छन्, ‘अहिले म बिहे गर्दिनँ, केही नयाँ गर्छु । नाम कमाउँछु अनि मात्र बिहेको बारेमा सोच्छु ।’

उनका मामा सुरज साह भन्छन्, ‘रञ्जितलाई आफ्नो बिहेभन्दा बढी बहिनीको बिहेको चिन्ता छ । बहिनीको बिहे गरेपछि मात्र बिहे गर्ने भनिरहन्छ ।’

सानैदेखि चुलबुले स्वभावका रञ्जित पढाइमा राम्रै थिए तर पढाइभन्दा अन्य काममा बढी ध्यान हुन्थ्यो उनको । त्यही भएरै उनका बुबाले ‘पढ्न मन छैन भने पसल चलाएर बस’ भनेर भनेका थिए । त्यसपछि उनले पनि दुई बहिनीलाई पढाउने सङ्कल्प लिएर आफ्नो पढाइ बीचैमा छाडेर पान पसल चलाउन थाले । 

उनी सगरमाथा क्याम्पसम्म मात्र होइन, उनले साइकलले नै सगरमाथाको चचुरोसम्म पुग्ने अठोट लिएका छन् । उनी भन्छन्, ‘क्याम्पसम्म पुगेको छु । अब अर्को पटक सगरमाथाको चुचुरोसम्म यही हिरो रोयल साइकल लिएर पुग्छु ।’

त्यही भएर उनी सगरमाथा बेस क्याम्पबाट पैदलै फर्केका छन् । अर्को चोटि सगरमाथा चढ्न जाँदा त्यही साइकल लिएर चढ्ने भनेर त्यहाँका गोरक्ष समितिलाई सो साइकल जिम्मा लगाएर फर्केका छन् । पैदलै उनी अहिले नाम्चेमा आएका छन् । असोज ९ गतेसम्म जनकपुर फर्किसक्ने योजना उनको छ ।

****

नाम्चे बजार पुगेका उनले रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै यात्राका क्रममा कुनै समस्या नभएको भन्दै उनले भने, ‘जहाँ गए पनि सकारात्मक सहयोग नै पाएको छु ।’

****

यसअघि २०७२ भदौ २१ गते जनकपुरबाट साइकलमै पशुपतिनाथको दर्शन गर्न काठमाडौँ आएका थिए उनी । त्यस्तै, उनी सोही वर्षको असोज ७ गते साइकलमै जनकपुरबाट खोटाङको हलेसी महादेवको दर्शन गर्न पुगेका थिए । त्यसपछि उनले २०७४ चैत २४ गते जनकपुरदेखि मुस्ताङसम्म ६ दिनको ५५४ किलोमिटर साइकल यात्रा गरी मुक्तिनाथ दर्शन गर्न पुगको थिए ।

२०७५ कात्तिक १२ गते जनकपुरबाट भारत उत्तर प्रदेशको अयोध्या हुँदै लखनउसम्म पुगेका थिए । सोही वर्षको चैत २२ गते उनले साइकलमै ताप्लेजुङसम्मको यात्रा पूरा गरी पाथीभारा भगवतीको दर्शन गरेका थिए । पछि उनी पाथीभारा भगवतीको दर्शन गरेर फर्किंदा जनकपुर पैदल नै फर्केका थिए ।

यस पटक पनि उनी बेस क्याम्पका लागि यात्रा सुरु गर्दा जानकी मन्दिरको प्राङ्गण हुँदै दोलखाको कालिञ्चोक भगवती र पशुपतिनाथको दर्शनसमेत गरेका थिए । उनी खुरकोटको बोटो हुँदै घुर्मी, ओखलढुङ्गा, सल्लेरी, लुक्ला, सोलुखुम्बु भएर बेस क्याम्प पुगेका थिए । त्यहाँ पुगेर उनी कालापत्थरसम्म पुगेका थिए ।

आइतबार उनी बेस क्याम्पसबाट फर्केका थिए । नाम्चे बजार पुगेका उनले रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै यात्राका क्रममा कुनै समस्या नभएको भन्दै उनले भने, ‘जहाँ गए पनि सकारात्मक सहयोग नै पाएको छु ।’

सरकारी, गैरसरकारी, स्थानीय जनता सबैबाट सकारात्मक सहयोग पाएको बताउँदै उनले आफूले विभिन्न ठाउँबाट छ हजार ५०० रुपियाँ सहयोग पाएको र त्यो खर्च नगरी जनकपुरको अनाथ आश्रमलाई दिने पनि बताए । 

मधेस आन्दोलनले जुरायो साइकल यात्रा

रञ्जित साहलाई आफू यसरी साइकल चढेर अभियानमा लाग्छु भन्ने लागेको थिएन । साइकलसँग उनको प्रेम मधेश आन्दोलनको दौरान बढ्यो । मधेस आन्दोलनका क्रममा उनका साथी काठमाडौँबाट आएका थिए तर गाडी नचलेको कारण बर्दिवाससम्म साथीलाई लिन जानुपर्ने थियो ।

तर ल्याउने कसरी ? सोचमा परे उनी । केही उपाय नलागेपछि हिरो रोयल साइकल लिएर हिँडे । ३४ किलोमिटर साइकल चलाएर रञ्जित बर्दिवाससम्म पुगेका थिए । फेरि साइकलमा साथीलाई लिएर जनकपुर फर्केका थिए ।

त्यही दिनदेखि उनलाई साइकलबाट यात्रा गर्ने हिम्मत जुटेको थियो । त्यसको लगत्तै उनले जनकपुरबाट २१ घण्टामा काठमाडौँ आएका थिए । एकरात बसेर फेरि जनकपुर फर्केका थिए ।

फोटो : घनश्याम मिश्रको फेसबुकबाट

कमेन्ट

  1. Sept. 25, 2019, 2:09 p.m. Sridhar Shrestha
    So fake. Who climbs a snow peak mountain wearing just a T-Shirt? Photoshop garnu ta ali bichar purayera garda hunthyo ni.. LOL.
  2.  0 Reply
  3. Sept. 17, 2019, 5 p.m. भिम बहादुर रोकाया
    राम्रो कामका लागी रन्जीत शाह लाई आत्मादेखी सलाम
  4.  0 Reply
  5. Sept. 17, 2019, 3:52 p.m. ram
    Very good. go go and go ahead. Congratulation Shahje.
  6.  0 Reply
  7. Sept. 16, 2019, 6:50 p.m. Muneer alam rahmani
    साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प yo heding rakheko 100% galat ho yes lai Nepali yuwak pani vanna sakinthiye tarai basi pani vanna sakinthiye kunai pani yuwa le gare usko us ko mehnat ko tarif garnu parxa mahodaye patrakar g le suru mai madhesi yyuwa vanera afno aukat dekhaye ko ke madesh nepal hoina ? malai yes ko jawab chiyo Ratopati sanga
  8.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...