बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँके घटनामा वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरी दर्ता, काँग्रेसले आज संसद अवरुद्ध नगर्ने

सोमबार, ३० भदौ २०७६, १४ : ०३
सोमबार, ३० भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार संसद बैठक अवरुद्ध नगर्ने भएको छ ।

पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

उनका अनुसार आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत विरुद्ध दिएको किटानरी जारी दर्ता गरेकोले आजको संसद बैठक काँग्रेसले अवरोध नगर्ने भएको हो ।

आइतबार काँग्रेसले घटनाका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो ।

काँग्रेसले अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

काँग्रेस सांसदहरुले सरकारमाथि तथ्यलाई तोडमोड गरेर अपराधीलाई छुट दिन किटानी जाहेरी दिएका व्यक्ति पक्राउ नगर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए  ।

गत बिहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता आक्रमण भएको थियो ।

जसमा जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही सामान्य घाइते भएका थिए ।


कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमण गरेको काँग्रेसले आरोप छ ।

वडाअध्यक्ष मल्ललगायतविरुद्ध जिल्ला सभापति कोइरालाका छोरा सुधम्सु कोइरालाले ज्यान मार्ने उद्योग उजुरी दिएको थिए । तर शुक्रबार नै उजुरी दिए पनि बाँके प्रहरीले दर्ता आइतबार साँझ मात्र दर्ता गरेको हो ।

सोमबार पनि बाँके काँग्रेस दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको सुधम्सुले जानकारी दिए ।

उनले भने, ‘प्रहरी प्रशासन शान्ति सुरक्षा दिने कुरामा उदासीन देखियो । मैले शुक्रबार उजुरी दिएको थिएँ । तर आइतबार मात्र बल्ल दर्ता भयो । तीन जना मात्र पक्राउ परेका छन् । अन्यमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाम्रो दबाब जारी छ ।’

साथै आफूले घटनालाई राजनीतिकरण गर्ने नखोजेको भन्दै काँग्रेसको ब्यानरमा भइरहेको कार्यक्रममा आक्रमण गर्नु आफैमा राजनीतिक घटना भएको शुधम्सुले बताए । वडाध्यक्ष मल्ल तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

यस विषयमा काँग्रेसले जिल्ला सभापतिमार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्रसमेत बुझाएको थियो भने शीर्ष नेतृत्वले आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप