‘पारस: द अनलक्की म्यान’ बन्दै निश्चल
काठमाडौं– आधा दर्जन बढी फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्मको नाम फाइनल भएको छ । निर्माता वाग्लेले आफूले निर्देशन गर्न लागेको फिल्मको नाम ‘पारसः द अनलक्की म्यान’ राखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
मंसिरबाट छायाँकनका लागि फ्लोरमा निस्किने फिल्ममा मुख्य हिरोको रुपमा निर्देशक निश्चल बस्नेत देखिनेछन् । बस्नेत वाग्ले निर्माता रहेको ‘लुट’ सिरिज फिल्मका निर्देशक हुन् । फिल्मका लागि अभिनेता सन्दीप क्षेत्री पनि फाइनल भएको बताइएको छ ।
छायाँकन सुरु नहुँदै आगामी चैत्र २८ गते रिलिज मिति घोषणा गरिएको यो फिल्मबाट समीक्षा पोखरेल अभिनेत्रीका रुपमा देखिँदै छिन् । अन्य कलाकार घोषणामा सार्वजनिक गर्ने योजना वाग्लेको रहेको छ ।
फिल्म अहिले लेखन कार्यको अन्तिम चरणमा छ । वाग्लेले नेपाली दर्शकका लागि राम्रो फिल्म दिन निर्देशनमा होमिन लागेको बताए । फिल्म आफूलाई अभागी सम्झने एक व्यक्तिको जीवन संघर्षमा आधारित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
-
ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
-
बागमतीको प्रमुख सचिवमा कार्कीलाई मुकरर
-
वैशाख १५ गतेदेखि अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै