बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल विवाहपछि यस्ता कुराबाट टाढा छन्, भारतीले गरिन् खुलासा

सोमबार, ३० भदौ २०७६, ०८ : ५८
सोमबार, ३० भदौ २०७६

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवार्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलासा गरेकी छिन् ।

भारतीले एक अन्तरवार्तामा भनेकी छिन्, ‘कपिल शर्मा विवाहपछि रक्सी र पार्टीबाट निकै टाढा भएका छन् । कपिल शर्मा अब फ्यामिली म्यान भएका छन् र आफ्नो परिवारसँग समय बिताउन रुचाउँछन् ।’

‘कपिल शर्मा अब समयमा नै कामका लागि निस्कन्छन् ।  उनी सुटिङका लागि बिहान १० वा साढे १० सम्म घरबाट निस्किसक्छन् । यस्तै, रक्सीबाहेक कपिल शर्माले चुरोट पनि छोडिदिएका छन्,’ भारतीले भनेकी छिन् ।

गर्भावस्थामा गिन्नी राख्छिन् सबैको ख्यालः

भारतीले अन्तरवार्तामा गिन्नीमा गर्भावस्थामा पनि सबैको ध्यान राख्ने गरेको बताइन् । भारतीले भनिन्, ‘जब कपिल शर्मा शोको टिम उनको घर जान्छन् तब उनी घण्टौंसम्म उभिएर सबैको ख्याल राख्छिन् ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#celebrations #love #blessings #akashshlokawedding 🎂🙏 @ginnichatrath

A post shared by Kapil Sharma (@kapilsharma) on

भारती भन्छिन्, ‘हाम्रो टिम जतिबेला कपिलको घरमा रिहर्सलका लागि जान्छ तब किचनको जिम्मेवारी गिन्नीले नै सम्हाल्छिन् । उनी किचनको काम व्यक्तिगत रुपमा हेर्छिन् । कपिलका घरमा तीनजना कुक छन् । गिन्नीले उनीहरुलाई पनि निर्देशन दिन्छिन् ।’

डिसेम्बरमा आमा बन्नेछिन् गिन्नीः

कपिल र गिन्नीको विवाह गत वर्ष डिसेम्बरमा भएको थियो । दुबै चाँड नै आमा–बुवा बन्दैछन् । रिपोर्टका अनुसार गिन्नीको डेलिभरीको ड्यू डेट डिसेम्बरमा नै छ । यसअघि दुई बेबीमुन मनाउनका लागि क्यानडा गएका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️ you n I in this beautiful #world 😍#love #whistler #beautifulbritishcolumbia 😊 @ginnichatrath

A post shared by Kapil Sharma (@kapilsharma) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप