बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा सकियो एसेज सिरिज

सोमबार, ३० भदौ २०७६, ०८ : ३४
सोमबार, ३० भदौ २०७६

एसेज सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ल्यान्डले अष्ट्रेलियालाई एक सय ३५ रनले हराएको छ । यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ । आइतबार रातिको खेल बराबरीमा सकिएपछि अष्ट्रेलियाले एसेज ट्रफीको रक्षा गर्न सफल भयो ।

इङ्ल्यान्डले दिएको तीन सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ७७ ओभरमा दुई सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले एक सय १७ रनको शतकीय इनिङ्स खेलेपनि हार टार्न सकेनन् । मिचेल मार्शले २४, स्टिभ स्मिथले २३ र टिम पेनले २१ रन बनाएका थिए । इङ्ल्यान्डका ज्याक लेच र स्टुअर्ट ब्रोर्डले चार चार विकेट लिए । कप्तान जोय रुटले दुई विकेट लिए ।

यसअघि दोस्रो इनिङ्समा इङ्ल्यान्डले तीन सय २९ रन बनाएको थियो । इङ्ल्यान्डका जो डेनलीले सर्वाधिक ९४ रन बनाए । बेन स्टोक्सले ६७ रनको योगदान दिए । जस बटलर ४७ र जाये रुटले २१ रन बनाएका थिए । अष्ट्रेलियाका नाथन लायनले चार विकेट लिए । प्याट कमिन्स, पिटर सिडेल र मिचेल मार्शले दुई दुई विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङ्समा दुई सय २५ रनमा समेटिएको थियो । स्टिभ स्मिथले सर्वाधिक ८० रन बनाएका थिए । मार्नुस लाबुसेन ४८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । इङ्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिएका थिए । साम करनले तीन र क्रिस वोक्सले एक विकेट लिएका थिए ।

पहिलो इनिङ्समा इङ्ल्यान्ड दुई सय ९४ रनमा अल आउट भएको थियो । इङ्ल्यान्डका लागि जस बटलरले ७० रन बनाएका थिए । कप्तान जोय रुटले ५७, रोय बर्नसले ४७ र ज्याक लेचले २१ रन जोडेका थिए । अष्ट्रेलियाका मिचेल मार्शले पाँच, प्याट कमिन्सले तीन र जोसन हेजलवुडले दुई विकेट लिएका थिए । प्रतियोगितामा स्टिभ स्मिथ र बेन स्टोक्स संयुक्त रुपमा म्यान अफ द सिरिज घोषित भए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप