मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती
शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्।
मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिएका छैनन् । अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।
मन्त्रालयका अनुसार शिक्षाका सहसचिवको दरबन्दी रहेको भाषा आयोगको सचिवमा उपसचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा उपसचिव चन्द्रकान्त भुसाल, शिक्षक किताबखानाको महानिर्देशकमा दिनेश श्रेष्ठ, राष्ट्रिय युवा परिषद्को सदस्य सचिवमा डा. बाबुराम ढुंगाना र शिक्षाका लागि खाद्य कार्यक्रमको निर्देशकमा उपसचिव डा. भोजराज काफ्लेलाई जिम्मा दिइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी घोटाला प्रकरण : थुनछेक बहस सुरु हुँदै
-
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस, आजै शपथको तयारी
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी