बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट र एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ भारत पुगेपछि...

नक्कली कम्पनीमार्फत बैङ्कको सहयोगमा सम्पत्ति शुद्धीकरण भइरहेको खुलासा
सोमबार, ३० भदौ २०७६, ०६ : १६
सोमबार, ३० भदौ २०७६

काठमाडौँ । अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । 

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । यो खबर नवराज मैनालीले नयाँपत्रिका दैनिकमा लेखेका छन् । 

नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । 

अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ अवैध रुपमा भारत पुर्याएका हुन् । 

ती व्यापारीले बैङ्कका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ । 

टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्याइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटक–पटक गरेर भारतीय बैङ्कमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् । अनुसन्धानको क्रममा उनको नेपालमा कुनै पनि कम्पनी देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप