बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

सोमबार, ३० भदौ २०७६, ०५ : ५५
सोमबार, ३० भदौ २०७६

वि.सं.२०७६ साल भाद्र ३० गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि द्वितीया,१६ घडी ५३ पला,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र रेवती,५४ घडी १८ पला,रातको ०३ बजेर ३३ मिनेट उप्रान्त अश्विनी । योग वृद्धि,४३ घडी ४७ पला,बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४२ पला । पञ्चक।  पञ्चक समाप्ति। तृतीया श्राद्ध।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका बाटाहरु एक्कासि बन्द हुदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी  गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।
 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन नं.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

ReplyForward

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप