शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा २ कर्मचारीविरुद्ध मुद्दा दायर

आइतबार, २९ भदौ २०७६, २२ : १२
आइतबार, २९ भदौ २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घुस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख २० हजार घुस लिएको अभियोग लगाएको छ । खरिदार पाण्डेको मिलेमतोमा जग्गा नामसारी गरिदिने प्रयोजनार्थ घुस लिएको पाइएको छ । आयोगले खरिदार जीवनाथ र लेखापढी व्यवसायी कमलप्रसादविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भरतप्रसाद उपाध्याय र अर्का कर्मचारी राधिकादेवी शर्माले रु छ लाख ५८ हजार ५२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । कार्यादेश नभएको र असम्बन्धित व्यक्तिलाई उनीहरुले भ्रमण भक्ता दिएको अभियोग लागेको छ । 

त्यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फेटा गाउँपालिकाको कार्यालय बारामा रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप