आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको आयो यस्तो विज्ञप्ति

आइतबार, २९ भदौ २०७६, २० : ०७
आइतबार, २९ भदौ २०७६

काठमाडौं– शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निजी  सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको सचिवालयले नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारहरुप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँद्वारा जारी विज्ञप्तिमा मन्त्री भट्टराईका कारण विमान उडानमा करिब १५ मिनेट ढिला हुन गएको र यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ । त्यस्तै सो समूहका केही सदस्यहरुले पूर्व युवराज पारस शाहका विरुद्ध दरबारमा सात लाख हस्ताक्षर बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको दाबी गरिएको छ ।

विज्ञप्तिमा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझ्दारीप्रति हार्दिक आभार प्रकट गरिएको छ । तर घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने गम्भीर आपत्ति जनाइएको छ । 
यस्तो छ सचिवालयले जारी गरेको विज्ञप्ति: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप