नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको आयो यस्तो विज्ञप्ति
काठमाडौं– शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको सचिवालयले नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारहरुप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँद्वारा जारी विज्ञप्तिमा मन्त्री भट्टराईका कारण विमान उडानमा करिब १५ मिनेट ढिला हुन गएको र यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ । त्यस्तै सो समूहका केही सदस्यहरुले पूर्व युवराज पारस शाहका विरुद्ध दरबारमा सात लाख हस्ताक्षर बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझ्दारीप्रति हार्दिक आभार प्रकट गरिएको छ । तर घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने गम्भीर आपत्ति जनाइएको छ ।
यस्तो छ सचिवालयले जारी गरेको विज्ञप्ति:


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण