नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको आयो यस्तो विज्ञप्ति

काठमाडौं– शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवहारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको सचिवालयले नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारहरुप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँद्वारा जारी विज्ञप्तिमा मन्त्री भट्टराईका कारण विमान उडानमा करिब १५ मिनेट ढिला हुन गएको र यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ । त्यस्तै सो समूहका केही सदस्यहरुले पूर्व युवराज पारस शाहका विरुद्ध दरबारमा सात लाख हस्ताक्षर बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझ्दारीप्रति हार्दिक आभार प्रकट गरिएको छ । तर घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने गम्भीर आपत्ति जनाइएको छ ।
यस्तो छ सचिवालयले जारी गरेको विज्ञप्ति:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र ‘मूर्ति चोर’ र दरबार हत्याकाण्डका ‘मास्टरमाइन्ड’ भएको प्रचण्डको आरोप (भिडियोसहित)
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
-
भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
-
केबलकार विवाद : फागुनमा पाथीभराबाट सङ्कलन हुने भेटी घट्यो
-
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
-
विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत