शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा

आइतबार, २९ भदौ २०७६, १९ : ४७
आइतबार, २९ भदौ २०७६

काठमाडौं – विभागीय डर्वीमा नेपाल पुलि क्लबले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो । अब पुलिसले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी शनिवार गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । शनिवारकै लागि तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षा र खराब प्रकाशका कारण स्थागित भएपछि आयोजकले आइतबार पुनः सुरुबाटै खेलाएको थियो । 

शनिबार पनि पुलिसले शुरुवाती दुई सेट जितेपनि तेस्रो सेट गुमाउन पुगेको थियो । चौथो सेट खराव प्रकाशका कारण स्थगित हुन पुगेको थियो । 

पुलिसले सुरुवाती दुई सेट जितेर पनि दुई मख्य खेलाडी विनै कोर्टमा उत्रिएको एपीएफलाई पराजित गर्न पाँचौ सेटसम्म कुर्नुपरेको थियो । पुलिसले सुरुवाती दुई सेट २५–२१ र २५–२० ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । तर, तेस्रो सेटमा एपीएफले उच्च प्रदर्शन गर्दै तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएको थियो । 

चौथो सेटमा पनि एपीएफले उच्च प्रदर्शनलाई निरन्तरता दिदा २५–२१ को जित निकाल्दै खेललाई पाँचौ सेटमा धकेलेको थियो । पाँचौ सेट निकै रोमान्चक र प्रतिस्प्रर्धात्मक बन्दा पुलसले १६–१४ को संघर्ष र रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनायो । निर्णायक सेटमा पुलिसले १२–११ ले अग्रता लिइरहँदा रेफ्रिको निर्णयमा केही समय विवाद समेत उत्पन्न भएको थियो ।

 

त्यसपछि खेल सुचारु हुदा पुलिस विजयी हुन सफल भयो । पुलिस र आर्मीबीचको खेल सोमबार १ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि एपीएफले गण्डकी प्रदेशसँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ । 

प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । 

दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप