शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टीको सल्लाहकार समिति गठन, प्रमुखमा गौतम

आइतबार, २९ भदौ २०७६, १९ : ३७
आइतबार, २९ भदौ २०७६

काठमाडौं – गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई बनेको समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तरगत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको समायोजन कार्यक्रममा भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरिएको छ । गौतम पूर्वभूमिसुधार मन्त्रीसमेत हुन् ।

साथै ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।समितिको पहिलो बैठकले सुमनकुमार चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ । बैठकले सबै सदस्यको कार्यविभाजन समेत गरेको छ ।

बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरुलाई आ–आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप